- विवश काफ्ले
काठमाडौं। धादिङ गङ्गाजमुना गाउँपालिका- २ का मिलन तामाङ विगत पाँच वर्षदेखि ‘मुवाँथाई’ खेल खेलिरहेका छन्। मिलन कम्बोडियामा अगस्ट ९ मा भएको प्रतियोगिताका विजेता हुन्।
उक्त प्रतियोगितामा पुरुषतर्फ ६० केजीको खेलमा प्रतियोगितामा मिलनले जापानका टेन्साइलाई दोस्रो राउन्डमा नक आउट गरेका थिए। सोही खेलले उनलाई विजेता बनेको थियो।
अगस्ट ९ पश्चात् पुनः २५ मा मिलनले कम्वोडियाका युवा खेलाडीलाई पराजित गरेका थिए। कम्वोडियाका ती युवा खेलाडीले ६७ बढी व्यावसायिक खेल खेलिसकेका थिए। उनलाई पनि मिलनले तीन वटै राउन्डमा पछाडि पारेर विजय हासिल गरेका थिए।

नेपालमा व्यावसायिक फाइट खेलेर युवा पुस्ता माझमा उनी प्रेरणाको स्रोत बनेका छन्। मिलन आफूलाई यो स्थानसम्म ल्याइपुर्याउने श्रेय भूपु सिंगापुर पुलीस, रिटायर्ड फ्रेन्च आर्मी र मुवाँथाई कोच सोम बाबु ठकुरीलाई दिन्छन्। बैंककमा रहेको राजादमनेर्न स्टेडियममा अन्तर्राष्ट्रिय व्यवसायीक मुवाँथाई प्रतियोगिता हुँदै आएको छ।
मुवाँथाई खेलको विकास र बिस्तारमा सरकारको सहयोग कत्तिको छ भन्ने प्रश्नमा माउन्टेन ‘मुवाँथाई’का सञ्चालक शंकर धमलाले भनेका छन्, ‘सरकार छ, खेलकुद परिषद् पनि छ। तर राम्रो खेलाडीको लागि होइन, आसेपासेको लागि मात्र छ। सहयोग नपाउँदा दुख लाग्छ।’



लोकपाटी न्यूज

