काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले बुधवार नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार तोलामा १ लाख ४७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजारले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ४९ हजार ८ सय कायम भएको छ। यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बुधवार बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो।



लोकपाटी न्यूज

