सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, एकैदिन दुई हजारले बढ्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले बुधवार नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार तोलामा १ लाख ४७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजारले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर १ लाख ४९ हजार ८ सय कायम भएको छ। यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बुधवार बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो।