वेष्टइण्डिज ए ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य

लोकपाटी न्यूज

काठमाडौं। वेष्टइण्डिज ए ले पाँचौं तथा अन्तिम टी–२० खेलमा घरेलु टोली नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो।

आजको खेलमा सोमपाल कामी र सागर ढकालले ३र३ विकेट लिए। अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए। वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे।

रोस्टन चेसले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चाल्र्स २४, कदिम एलियन र मार्क दयालले ११/११ रन बनाए। म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए।