काठमाडौं, २७ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ।
भिसखापट्नाममा शुक्रबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्। यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।
दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ भने, यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ। लिग चरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ।
यता, इलिमिनेटर राउण्डको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
जारी आईपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट ६ खेल मात्रै खेल्न पाएका छन्। सन्दीप लामिछाने पछिल्लो खेलमा बेन्चै रहंदै आएका छन्। सन्दीपले ६ खेलबाट ८ विकेट लिएका छन्। सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए।
जुन खेलमा उनले कुनै विकेट लिन सकेका थिएनन्। त्यसपछिका लगातार दुई खेलमा बेन्चमा बसेका सन्दीप इलिमिनेटर राउण्डको हैदरावादविरुद्धको खेलमा पनि टिममा पर्न सकेनन्। सन्दीप विनै पनि दिल्लीले सफलता पाइरहेको छ। त्यसकारण पनि सन्दीप एकपछि अर्को खेलमा बेन्चमै रहंदै आएका हुन्।
बलिङ इकोनोमी पनि सन्दीपको अन्य बलरको भन्दा धेरै भएको कारण टिममा पर्न सफल हुदै आएका हुन्।
फाइनल प्रवेशका लागि चेन्नाईविरुद्ध दिल्ली मैदानमा उत्रिदा सन्दीपले खेल्ने मौका कति छ ? सन्दीपले चेन्नाईविरुद्ध खेल्ने एक हिसाबले पाउने छन्।
तर निश्चित भने छैन। किनभने लिग चरणका दुबै खेलमा चेन्नाई विरुद्ध सन्दीप टिममा परेका छैनन्। त्यसकारणले चेन्नाईका लागि सन्दीप फ्रेस बलर हुन्। नयाँ बलरसँग ब्याट्सम्यान तत्काल खेल्न नसक्ने हुदा टिमले सन्दीपलाई प्लेइङ इलाभनेमा राख्न सक्छ।
तर पछिल्लो समयमा सन्दीपभन्दा पनि दिल्लीका अन्य बलर लयमा देखिएका छन्। विशेषगरी अमित मिश्र, किमो पाउल, अक्षर पटेल, टेन्ट बोल्ट र इशान्त शर्मा विकेट लिन सफल भइरहेका छन्। त्यसकारण शुक्रबारको खेलमा सन्दीपले आफु टिममा पर्नका लागि यी बलरमध्ये एकलाई विस्थापित गर्नु पर्ने हुन्छ।



लाेकपाटी न्यूज

