व्यक्तिमा ‘आकाश–पाताल’को सीमा तोक्नु पर्छ : पूर्वअर्थमन्त्री पाण्डे

Surendra-Pande
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यक्तिमा आकाश र पातालको सीमा तोक्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै समिति सदस्य पाण्डेले कुनै एक व्यक्तिको जग्गामुनि कतिसम्म र जग्गा भन्दामाथि कतिसम्म भोगचलन गर्न पाउने भन्ने सीमा तोकिनुपर्ने बताएका छन्।

संविधानमै जमिनमुनि र माथिको कति सीमासम्म व्यक्तिको हक लाग्ने भन्ने स्पष्ट हुन नसकेको भन्दै आगामी बजेटले यसमा ध्यान दिनुपर्ने उनले बताए। उनले भने, ‘कुनै व्यक्तिले आफ्नो जमनिमा घर बनाउँछ त्यो घर भन्दा तल कतिसम्म उसले उपभोग गर्न पाउने भन्ने हुनुपर्छ, अर्को कुरा घर भन्दा माथि आकाशमा पनि कति माथिसम्म व्यक्तिको हक लाग्ने भन्ने स्पष्ट हुनु पर्छ।’

सिंगापुरमा ४० मिटर तलमात्रै व्यक्तिको स्वामित्व रहने व्यवस्था रहेको बताउँदै पाण्डेले नेपालमा पनि निश्चित सीमा बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम राजनीतिक दिशातर्फ उन्मुख भएको बताए। उनले नीति तथा कार्यक्रम र बजेट राजनीति भन्दा पनि बढी आर्थिक दिशातर्फ उन्मुख हुनुपर्ने उनको भनाई थियो।

‘अघिल्लो वर्ष केही गर्न नसकेको भनेर आलोचना भएका कारण हुनसक्छ धेरै राजनीतिक कुरा समेटिए’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘नीति तथा कार्यक्रमले पार्टीको बारेमा होइन देशको बारेमा धेरै सोच्नुपर्ने थियो।’ अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुले उठाएको जवाफ दिने कुरामा जमिनमुनि र माथिको स्वामित्वको विषयमा सीमा निर्धारण गरिनु पर्छ भनेर संविधान बनाउँदासमेत सुझाव दिएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्