मनकामना केबलकारका ग्राहकहरूलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

लोकपाटी न्यूज

काठमाडौं। मनकामना केबलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन्। मनकामना दर्शन प्राली र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद तथा सिलाइमा २५ प्रतिशत छुट पाउने भएका हुन्।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केबलकारका ग्राहकहरूले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ।

त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरूले मनकामना केबुलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन्। जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरूलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ। उक्त कुपनका आधारमा मनकामना केबलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरूलाई दश प्रतिशत छुट दिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्