आईपीएल क्रिकेट : लिग चरणका खेल आज सकिँदै

IPL pic
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार घरेलु मैदान फिरोज शाह कोटलामा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा छनोट हुने सम्भावना बलियो बनाएको हो।

यस जितसँगै दिल्लीले लिग चरणका सबै १४ खेल खेल्दै १८ अंक जोडेको छ। शीर्षस्थानको चेन्नई पनि समान १८ अंक जोड्दै रनरेटको आधारमा शीर्षस्थानमा छ। मुम्बईले १३ खेलमा १६ अंक जोड्दै दिल्लीलाई पछ्याईरहेको छ। राजस्थान भने १४ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा सिमित रहयो।

यसैविच रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलमा सुखद अन्त्य गरेको छ। शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो। १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९।२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो।

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ। इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन्। आइतबारका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ।आइतबार किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स्सित खेल्नेछ।