आईपीएल : राजस्थानविरुद्ध खेल्ने माैका पाउलान् सन्दीप ?

sandeep
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्स र राजस्थान रोयल्सबीच आज प्रतिसप्रधा हुने भएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को राउण्ड रोविन लिगको अन्तिम खेल शनिबार राजस्थानसँग आफ्नै घरेलु मैदानमा खेल्दैछ। १३ खेलमा १६ अंक जोडेको दिल्ली ६ वर्षपछि पहिलो पटक प्लेअफमा पुगिसकेको छ भने राजस्थान लिगको छैठौं स्थानमा छ।

आईपीएलमा घरेलु मैदानमा भएका ६९ खेलमा दिल्लीले ३० खेलमा जीत निकाल्न सफल भएको इएसपीएनक्रिक इनफोले उल्लेख गरेको छ। आजको खेलमा पनि दिल्ली राजस्थानमाथि जित निकाल्दै लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यससिहत मैदान उत्रिदैछ।

११ अंकरहेको राजस्थानको भने प्लेअफ सम्भावना निकै कम छ। दिल्लसिँग जितेपनि १३ अंकमात्रै हुने राजस्थान भन्दा अगाडि एक खेल बाँकी रहँदा १२-१२ अंकसहित हैदरवाद र कोलकाता चौथो र पाँचौ स्थानमा छन्। दिल्लकिा लागि महत्वपूर्ण खेलाडी तथा आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी कागिसो रबाडा टिममा नहुँदा भने केही हदसम्म दबाबमा रहनेछ। यस्तै, आईपीएलमा रन नियन्त्रण गर्न नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा टिममा स्थान पाउने सम्भावना कम छ।

तर,पनि अघिल्लो खेलमा सन्दीपको स्थानमा मैदान प्रवेश गरेका क्रिस मोरीस महँगा सावित भएका कारण सन्दीपले स्थान पाउने क्रिकेट विश्लेषकको आँकलन छ। मोरिसले एक विकेट लिँदै ४७ रन खर्चिएका थिए। त्यसोत, सन्दीपले यो सिजनको आईपीएलमा खेलेका ८ खेलबाट ८ विकेट लिएका छन्।