काडमाडौं, १७ वैशाख। यतिबेला आइपिएलमा चम्केका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अमेरिकन ब्राण्डको विज्ञापनमा देखिएका छन्।
आईपिएलमा व्यस्त हुँदा उनी अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिकन टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका हुन्। लामिछानेका फिचर्ड दुई पोस्टरहरु यसै साता टुरिस्टरको सामाजिक सञ्जाललगायतका पेजहरु मार्फत सार्वजनिक भएका छन्।
पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको छ (नेपाली स्पिनर्स) पोस्टरको एक तस्विरमा सन्दीप राष्ट्रिय क्रिकेट टिमको जर्सीमा देखिउका छन् भने अर्कोमा लगेजसहितको पोज पोजमा देदिएका छन्। अमेरिकाको लगेज ब्राण्ड अमेरिकन टुरिस्टरले विभिन्न क्याम्पेनका लागि सेलिब्रेटीहरुलाई फिचर गर्ने गरेको छ। यसअघिको ‘हार्ड टु लेट गो’मा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र क्रिकेट स्टार बिराट कोहली फिचर्ड गरिएको थिए।
नयाँ प्रोडक्ट क्याम्पेनिङका लागि सन्दीप चुनिएका हुन्। उनको फोटो सुट गत फेब्रअरी २ तारिकका दिन दुबईमा गरिएको थियो। त्यस समय उनी युएईसँगको टि २० र वान डे सिरिजका लागि युएईमै रहेका थिए। दुबईमा इन्डियन कम्पनीले गरेको फोटो सुटमा नेपाली फोटोग्राफर र लाइट्सम्यानसँगै उनको टिमअप भयो। मास्टकपी फिल्म प्रोडक्सनका लागि युएईका काम गर्दै आएका सन्नी प्रधानले खिचेका फोटोहरु पोस्टरमा प्रयोग गरिएको छ ।
पहिलो नेपाली क्रिकेटरमा रूपमा सन्दीप आईपिएलमा पुगेका थिए । त्यसपछि सन्दीपले पछाडी फर्केर हेर्नू पर्ने अवस्था आएको छैन। एकाएक विश्व क्रिकेट छाएका सन्दीप अहिले भारत विभिन्न शहरमा खेल्न व्यस्त रहेका छन्।



लाेकपाटी न्यूज

