माइक्रोको ठक्करबाट शर्माको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ब्यास नगरपालिका १० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पोखराबाट काठमाडौतर्फ आँउदै गरेको ग१य ४८५ नंम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ जाँदै गरेको ग१३प ९१८१ नंम्बरको स्कुटरलाई ब्यास नगरपालिका ४ शहीदगेट नजिक ठक्कर दिएको थियो।

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्