काठमाडौं, ०४ वैशाख । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सुवर्ण शमशेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।
उक्त स्थानमा अवैध लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घिसिङ र श्रेष्ठको साथबाट करिब २५÷२५ किलो गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

