बुटवलमा ग्यास बोकेको ट्रक दुर्घटना

Truck-gass
लाेकपाटी न्यूज

काठमाडाैं, २४ चैत । बुटवलमा ग्यास बाेकेकाे ट्रक दुर्घटना भएकाे छ । ग्यास उद्योग रुपन्देहीको ग्यास बोकेर जाँदै गर्दा उक्त  ट्रक पल्टिएको हाे।

ट्रक पल्टिदा सडकका २ वटा रेलिङ भाँचिएकाे जनाइएकाे छ । लु १ क ८०० नम्बरको ट्रक तिलोत्तमा नगरपालिकाको मंगलापूरमा पल्टिदा २ सय ३० वटा सिलिण्डर भुईँभरी भएका छन् । तर यसबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेकाे प्रहरी स्राेतले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्