देशभर हर्षोल्लासका साथ होली मनाइदैँ, प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

लाेकपाटी न्यूज

जनकपुर, ६ चैत्र । होली मनाउन प्रदेश २ ले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा आज होली मनाइने भएकाले त्यसैअनुरुप छुट्टी दिइएको छ ।

यस्तै हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।

विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्