चितवन, १ चैत । चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी सौराहामा नेप्लाई जंगल क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। पलोमा इन्टरनेशनल इभेन्ट एण्ड स्पोर्स म्यानेजमेण्ट प्रालि काठमाडौंले जनकौली मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो।
‘ठूलो धनरासीको पुरस्कार जित्न प्रतियोगिता गरिएको होइन’ प्रा.लि.का प्रमुख शैलेन्द्र खड्काले भने ‘पर्यटन प्रर्बद्धनको लागि आयोजना गरिएको हो।’ प्रतियोगिताको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले व्याटिङ र रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष घिमिरेले सौराहामा हुने खेलकुदका गतिविधिले खेलकुद पर्यटनको विकास हुने भन्दै सहयोग गर्न व्यवसायीहरु तयार रहेको बताए । प्रतियोगिताका संस्थागत सहभागिता रहेको छ । पर्यटन प्रर्बद्धनका लागि आयोजना गरिएकोले प्रतियोगितामा नेपाल पर्यटन बोर्डले पनि भाग लिएको छ ।
प्रतियोगितामा पर्यटन बोर्ड सहित हाम्रो किचन डट कम,आइटी ग्यामिट,दी काठमाडौं पोष्ट, कान्तिपुर जव, नेप्लाई, जेनिसीस, कान्तिपुर मिडिया ग्रुप, एनआइसी एसिया बैंक र एसके भेन्चरको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, जनकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष घनश्याम तिमल्सेना, गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाका अध्यक्ष शीर लाल परियार लगायतको उपस्थिति रहेको थियो।
होटल पार्क ल्याण्डको स्थानीय व्यवस्थापनमा भएको सो प्रतियोगिता शनिबारसम्म चल्ने छ। प्रतियोगिताले चितवनको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।



लाेकपाटी न्यूज

