काठमाडौं। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बुधबार) दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टिमबीचको खेल नेपाली समय अनुसार मुम्बईमा साँझ ७.४५ देखि सुरु हुनेछ।
आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ। दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।
यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ। आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ। पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ। यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौं स्थानमा उक्लने छ।



लोकपाटी न्यूज

