बंगलादेशका पूर्व खेलाडी मोरसफ हुसेनको निधन

लोकपाटी न्यूज

काठमाडौं। बंगलादेशका पूर्व बायाँ हाते स्पिनर मोसरफ होसेनको निधन भएको छ। होसेन ब्रेन क्यान्सरबाट पीडित ४० वर्षीय होसेनको ढाकामा निधन भएको हो।

पछिल्लो समय उनी क्यान्सरको उपचार गराईरहेका थिए। सन् २०१९ मा उनको ब्रेन ट्युमरको उपचार गरिएको थियो तर २०२० नोभेम्बरमा ट्युमर पेरि देखा परेको थियो।

उनी पछिल्लो केही सातादेखि अस्पतालमा थिए। सन् २००८ मा बंगलादेशका लागि डेब्यू गरेका होसेनले बंगलादेशका लागि ५ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए । उनले बंगालदेशका लागि पछिल्लो पटक २०१६ मा खेलेका थिए।

उनले बंगलादेशको फस्ट क्लास क्रिकेटमा ३ हजार बढी रन बनाएका छन् भने ३ सय बढी विकेट लिएका थिए। यस्तो उपलब्धि पाउने उनी केवल सात क्रिकेटको सूचीमा पर्छन्। होसेनको श्रीमती र एक बच्चा छन्।