काठमाडौं। मोहमद सलाहको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको छ। घरेलु मैदान एनफिल्डमा शानदार जितपछि लिभरपुल म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ। घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा लिभरपुलका लागि लुइस डियाज र साडियो मानेले पनि एक एक गोल गरे।
खेलको पाँचौं मिनेटमै डियाजेल गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। सलाहले २२औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा अग्रता दोब्बर बनायो। दोस्रो हाफमा पनि लिभरपुलले दुई गोल गर्यो। ६८ औं मिनेटमा मानेले गोल गरे। त्यसपछि ८५औ मिनेमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए।
शानदार जितपछि ३२ खेलबाट ७६ अंक जोडेको लिभरपुल सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।सिटीले एक खेल कम खेलेको छ र ७४ अंकसहित दोस्रो स्थानमा छ।
उता युनाइटेडलाई भने यस हारेल शीर्ष चारमा रहन चुनौती थपिएको छ। ३३ खेलबाट ५४ अंक रहेको युनाइटेड छैटौं स्थानमा छ। चौथो स्थानमा रहेको टोटनहमभन्दा युनाइटेड ३ अंङ्कले पछि छ। समान अंक भए पनि आर्सनलसँग गोलअन्तरमा युनाइटेड पछि छ।



लोकपाटी न्यूज

