इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ। राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ।
गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ। गुजरातले ४ खेलमा ६ अंक जोडेको छ। पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ।



लोकपाटी न्यूज

