गुजरातविरुद्ध हैदराबादको रोमाञ्चक जित

लोकपाटी न्यूज

काठमाडौं। भारतमा जारी आईपीएलको १५ औँ सिजनअन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएको छ। सोमबार भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटलाई हराउँदै हैदराबाद विजयी भएको हो।

गुजरातले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनको अर्धशतकीय पारी खेले।

उनले ४६ बलमा २ चौका र ४ छक्कासहित ५७ रनको योगदान दिए। त्यस्तै, अभिषेक शर्माले ४२, निकोलस पुरनले नटआउट ३४, एडेन माक्ररमले अविजित १२ र राहुल त्रिपाठी १७ रनमा रिटायर्ट आउट भए।

गुजरातका लागि बलिङमा कप्तान हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए। त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।

उसका लागि कप्तान हार्दिक पान्ड्याले अर्धसतकीय पारी खेले। उनले ४२ बलमा ४ चौका र १ छक्कासहित अविजित ५० र अभिनव मनोहरले ३५, साई सुदर्शनले ११, म्याथ्यू वेडले १९ र डेविड मिलरले १२ रनको योगदान दिए।हैदराबादका लागि बलिङमा भुवनेश्वर कुमार र टि नटराजनले/२, मार्को ज्यासन र उमरन मलिकले १/१ विकेट लिए।

हैदराबादको जितसँगै यस्तो बन्यो अंक तालिका :