काठमाडौं। दीपेन्द्रसिंह ऐरीले पिएनजीविरूद्धको फाइनलमा अलराउन्डर प्रदर्शन गर्दा नेपाल ५० रनले विजयी हुँदै च्याम्पियन बन्यो।
प्लेयर अफ दि फाइनल समेत भएका उनले नटआउट ५४ रन जोडे भने ४ विकेट लिन सफल भए। करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा उनले चार ओभरमा १८ रन खर्चिए। यसअघि उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिएर २१ रन खर्चनु हो।
प्रतियोगिता दीपेन्द्र मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए। मलेसियाविरूद्ध उनले ११० रन जोडेका थिए। यो नेपाली ब्याट्सम्यानले टी-२० मा प्रहार गरेको उच्च स्कोर हो।
अघिल्लो साता कीर्तिपुरमै पिएनजीविरूद्धको एकदिवसीय खेलमा शतक प्रहार गरेका उनी नेपालका लागि टी-२० र एकदिवसीय खेलमा शतक हिर्काउने दोस्रो खेलाडी हुन्।
उनले प्रतियोगिताको फाइनलमा टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे। उनी नेपालका लागि टी-२० मा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने। यस्तै उनले २ अर्धशतक समेत प्रहार गर्न सफल भए।
प्रतियोगिताको उत्कृष्ट बलर करण केसी भए। उनले प्रतियोगितामा १३ विकेट लिए। पिएनजीका टोरी उरा उत्कृष्ट ब्याट्सम्यान घोषित भए।



लोकपाटी न्यूज

