काठमाडौं। दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
बुधबार घरेलु मैदानमा भएको खेलमा मलेसियाविरुद्ध शतकीय पारी खेलेसँगै दीपेन्द्रले पूर्वकप्तान पारस खड्काको ७ सय ९९ रनको कीर्तिमान भंग गर्दै नयाँ रेकर्ड बनाएका हुन्।
नेपालका लागि सर्वाधिक रन बनाउने तेस्रो खेलाडी ज्ञानेन्द्र मल्ल छन्। उनले ७ सय ४८ रन बनाएका छन्। कुशल भुर्तेल ५ सय ४८ सहित चौथो नम्बरमा छन्।



लोकपाटी न्यूज

