बोलिभियाविरुद्ध ब्राजिलको फराकिलो जित

brazil copa cup
लोकपाटी न्यूज

काठमाडौं। कतार फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल विजयी भएको छ। बुधबार भएको खेलमा बोलिभियालाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिल विजयी भएको हो।

ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गरे। एकपक्षीय खेलमा २४औँ मिनेटमा लुकास पाक्वेटाले ब्रुनो गुइमारेसको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ४५औँ मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।

६६औँ मिनेटमा ब्रुनो गुइमारेसले लुकास पाक्वेटाको पासमा गोल गर्दै ब्राजिलको अग्रता थप बलियो बनाए। दोस्रो हाफको इन्जुरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै बाज्रिललाई सानदार जित दिलाए।

आजको जितसँगै शीर्षस्थानमा रहेको ब्राजिलले अपराजित यात्रा कायम राखेको छ। ब्राजिलको १७ खेलबाट ४५ अंक छ। पराजित बोलिभिया १५ अंक सहित नवौँ स्थानमा छ।