‘बी’ डिभिजन लिग : ब्वाइज युनियनविरुद्ध सरस्वती पराजित

लोकपाटी न्यूज

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत ब्वाइज युनियन क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाइज सरस्वती युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्वाइज युनियन विजयी भएको हो।

खेलको १५ औं मिनेटमा इन्सन राईले गोल गर्दै ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ४४ औं मिनेटमा सबिन खड्काले पेनाल्टीबाट गोल गर्दै सरस्वतीलाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ६६ औं मिनेटमा अविनाश थापाले गोल गर्दै सरस्वतीलाई २-१ को अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा शरद कुमार क्षेत्रीले गोल गर्दै ब्वाइजलाई २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ७८ औं मिनेटमा मिलन लिम्बुले गोल गर्दै ब्वाइजलाई ३-२ को जित दिलाए। आजको जितसँगै ब्वाइज ९ खेलमा ८ अंक जोडेर तालिकाको पुछारमा रहेको छ। त्यस्तै, आजको हारसँगै सरस्वती १५ अंक जोडेर प्रतियोगिताको अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।