आईपीएल : मुम्बईले दियो दिल्लीलाई बलियो लक्ष्य

लोकपाटी न्यूज

काठमाडौं। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत प्रतियोगितको दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनायो।

उसका लागि ओपनिङ ब्याट्सम्यान ईशान किशनले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ११ चौका र २ छक्काको मद्दतमा अविजित ८१ रन बनाए। त्यस्तै, कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ र टिम डेविडले १२ रनका योगदान दिए।

दिल्ली क्यापिटल्सका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा १८ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए। त्यस्तै, खलील अहमदले दुई विकेट लिए।

मुम्बई इन्डियन्सको प्लेइङ-११ : इशान किशन (विकेटकीपर), रोहित शर्मा (कप्तान), तिलक वर्मा, अनमोलप्रीत सिंह, किरोन पोलार्ड,टिम डेभिड, डेनियल साम्स, मोर्गन अश्विन, टिमल मिल्स, जसप्रीत बुमराह र बासिल थाम्पी।

दिल्ली क्यापिटल्सको प्लेइङ-११ : पृथ्वी शा, टिम सेफर्ट, मनदीप सिंह, ऋषभ पन्त (कप्तान) रोभमान पावेल, ललित यादव, अक्षर पटेल, शार्दुल ठाकुर, कुलदीप यादव, खलील अहमद र कमलेश नगरकोटी।