पीएनजीविरुद्ध ऐरीको पहिलाे शतक पूरा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली क्रिकेट टिमका युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाएका छन्। शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक बनाएका हुन्।

उनले १ सय ३६ बलमा ६ चौकाको मद्दतमा शतकीय पारी खेलेका हुन्। योसँगै ऐरी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पारस खड्का र रोहित पौडेलले शतक बनाएका थिए।

पारसले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहर गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए। रोहितले शुक्रबार पीएनजीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेल्दै सर्वाधिक रनको कीर्तिमान बनाएका थिए।

खेलमा खराब सुरुवात गरेको नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए। दोस्रो खेल खेल्दै गरेका देवले ७२ रन बनाएर आउट भए।