सन्दीप बने क्रिकेटर अफ द इयर

sandip lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा भएको पहिलो सिप्यान क्रिकेट अवार्ड २०१९ मा सन्दीप लामिछानेले वर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड जितेका छन् । अवार्ड जितेसँगै उनी उत्कृष्ट क्रिकेटर अफ द इयर घोषित भएका हुन् ।

सन्दीपले मनोनयनमा रहेका दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का र सोमपाल कामीलाई पछाडी पार्दै सो अवार्ड जितेका हुन् ।

सन्दीप हाल पाकिस्तान सुपर लिग खेल्न दुबईमा रहेकाले सन्दीपको अवार्ड राष्ट्रिय टिमका कप्तान पारस खड्काले ग्रहण गरेका थिए ।

सन्दीपले बर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेसँगै १ लाख ३२ हजार रुपैयाँ पनि जितेका छन् ।

सन्दीपले गत बर्ष कुल ३२ खेल खेल्दै कुल ८४ विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागार्इं र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले तीन विधाका ५५ खेलाडीको मनोनयन गरेको थियो ।