काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ। बुधबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सामाजिक युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आरसीटी विजयी भएको हो।
आरसीटीको जितमा प्रज्वलन गुरुङले दुई तथा विश्वास थापामगरले एक गरे। तीनै गोल खेलको पहिलो हाफमा भएको थियो। प्रज्वलले खेलको २०औँ र २४औँ मिनेटमा गोल गरेका थिए।
त्यसअघि विश्वासले आरसीटीका लागि पहिलो खेल खेलको पाँचौँ मिनेटमा गरेका थिए। आजको जितसँगै आरसीटी आठ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएका छ।
त्यस्तै, आजको हारसँगै सामाजिक आठ खेलबाट सात अंकका साथ तालिकाको नवौँ स्थानमा छ। जारी ‘बी’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ।



लोकपाटी न्यूज

