सन्दीपले गरे एकदिवसीय वरियतामा सुधार

Sandeep lamichhane
लोकपाटी न्यूज

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आईसिसी एदिवसीय वलिङ वरियतामा पाँच स्थान सुधार गरेका छन्।

आईसिसीले सार्वजनिक गरेको नयाँ बलिङ वरियतामा सन्दीप पाँच स्थान सुधार गर्दै ६१औँ स्थानमा उक्लिएका छन्। यसअघि उनी ६६ स्थानमा थिए।

नेपालको तर्फबाट एकदिवसीय वरियताको शीर्ष एक सयभित्र पर्ने खेलाडी कप्तान सन्दीप एक मात्र हुन्। उनले हालमै समाप्त भएको आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए।