काठमाडौं। अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन्।
विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ।’
भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, मलाई यो निर्णय कसरी गर्ने भन्ने थाहा थिएन। यो भन्न सजिलो छैन ‘ तर म निकै खुसी छु र म निकै तयार छु। मलाई हृदयदेखि थाहा छ कि एक व्यक्तिको रुपमा यो मेरो निर्णय एकदम सही छ।’



लोकपाटी न्यूज

