काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) ले बराबरी खेलेका छन्।
बिहीबार एन्फा कम्पलेक्समा भएको खेलमा श्री कुमारी र आरसीटीले १औ१ गोलको बराबरी खेलेका हुन्। आजको खेल बराबरीमा खेलेसँगै श्री कुमारीको यो तेस्रो बराबरी खेल हो।
त्यस्तै, आरसीटीले भने तीन खेल खेल्दा एकमा बराबरी, एकमा हार र एक खेलमा जित निकालेको छ। आरसीटीको चार तथा श्री कुमारको तीन अंक रहेको छ।
श्री कुमारीका लागि सुजन राज गौतमले गोल गरे भने आरसीटीका लागि प्रज्वल गुरुङले गोल गरे। खेलको चौथों मिनेटमा सुजनले श्री कुमारीलाई सुरुआती अग्रता दिलाए। तर त्यसको एक मिनेट बित्न नपाउदै पाँचौ मिनेटमा आरसीटीका प्रज्वलले गोल खेललाई बराबरीमा पुर्याए।



लोकपाटी न्यूज

