‘बी’ डिभिजन लिग : सामाजिक युथ क्लब र श्री कुमारी क्लबको खेल बराबरीमा

लोकपाटी न्यूज

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सामाजिक युथ क्लब र श्री कुमारी क्लबले बराबरी खेलेका छन्। आइतबार एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा सामाजिक युथ र श्री कुमारी ले ३-३ को बराबरी खेलेका हुन्।

सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक/एक गोल गरे। त्यस्तै, श्री कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक-एक गोल गरे। खेलको २९ औँ मिनेटमा राज भुषालको गोल गरेर श्री कुमारी अग्रता दिलाएका थिए।

तर सामाजिक युथका बसन्त बहादुर रानाले खेलको ३७ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। सामाजिक युथका सुरेश खत्रीले ४४ औँ मिनेट तथा कृष्ण भण्डारीले ५१ औँ मिनेटमा गर्दै गर्दै ३-१ को अवस्थामा पुर्याए।

तर ५९ औँ मिनेटमा दिपेन मगर तथा ७३ औँ मिनेटमा लक्ष्मण मान थारुले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए। श्री कुमारीको यो लगातार दोस्रो बराबरी हो। सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ।