काठमाडौं। चर्च ब्वाईज युनाईटेडले शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत लगातार दोस्रो जित निकालेको छ।
आइतबार एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै चर्च ब्वाईजले लगातार दोस्रो जित हात पारेकाे हो।
चर्च ब्वाईजको जितमा आशिष चापागाईले दुई गोल गरे। पहिलो हाफमा गोलरहित रहेको खेखको ५४ औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए।
चर्च ब्वाईजका लागि दोस्रो गोल आशिषले ७१ औं मिनेटमा गरेका थिए । खुमलटार युथ क्लसँगको खेलमा दुई गोल गरेका आशिष म्यान अफ द म्याच चुनिएका छन्।
आजको जितसन्गै ६ अंकका साथ चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिग तालिकाको दोस्रो स्थानमा दुई खेलबाट समान ६ अंक जोडेको श्री भवगती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ।



लोकपाटी न्यूज

