द्वन्द्वमा हालसम्म ९ हजार रुसी सैनिक मारिए : युक्रेनी सेना

russ
लोकपाटी न्यूज

काठमाडौं। युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। युक्रेनी सेनाले बिहीबार एक ट्वीटमार्फत यो जानकारी सार्वजनिक गरेको हो। तर एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको द्वन्द्वमा आफ्ना ४९८ सैनिक मारिएको र १ हजार ५९७ जना घाइते भएको स्वीकार गरेको थियो।

युक्रेनी सेनाले गरेको दाबी अनुसार रुसलाई पुगेको क्षति-

सैनिक- ९ हजार

ट्याङ्क- २१७

बिबिएम- ९००

आर्टिलरी सिस्टम- ९०

एमएलआरएस- ४२

एयर डिफेन्स उपकरण- ११

एयरक्राफ्ट- ३०

हेलिकप्टर- ३१