काठमाडौं। युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। युक्रेनी सेनाले बिहीबार एक ट्वीटमार्फत यो जानकारी सार्वजनिक गरेको हो। तर एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको द्वन्द्वमा आफ्ना ४९८ सैनिक मारिएको र १ हजार ५९७ जना घाइते भएको स्वीकार गरेको थियो।
युक्रेनी सेनाले गरेको दाबी अनुसार रुसलाई पुगेको क्षति-
सैनिक- ९ हजार
ट्याङ्क- २१७
बिबिएम- ९००
आर्टिलरी सिस्टम- ९०
एमएलआरएस- ४२
एयर डिफेन्स उपकरण- ११
एयरक्राफ्ट- ३०
हेलिकप्टर- ३१



लोकपाटी न्यूज

