शेयर बजारमा सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

लोकपाटी न्यूज

काठमाडौं । केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ ।

शेयर बजारमा उच्च बृद्धि देखिएपछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सकारात्मक सर्किट लागेको हो ।

अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्