नेप्सेमा ८८ अङ्ककाे पहिराे

लोकपाटी न्यूज

काठमाडाैं। पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै  नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ ।

एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो अंकको गिरावट आएको दिन कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबर ७४ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेको दिन आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ ।

जीवन बीमा समूहमा ५०७ अंक, निर्जीवन बीमा समूहमा ४९० अंक, विकास बैंक समूहमा २८१ अंक, व्यापार समूह १८९ अंक र उत्पादनमूलक समूहमा १८६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा १७५ अंक तथा वित्त समूहमा एकसय अंकको गिरावट आएको छ ।

खासगरी, पछिल्लो समय बैंकहरुमा आएको तरलता अभावका कारणले बजारमा लगानीयोग्य रकम नहुँदा नेप्से निरन्तर घट्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्