मन्त्री अथकको खेलाडीलाई सुझाव : स्व. प्रकाश दाहाल जस्तै जुझारु हुनुहोस्

लोकपाटी न्यूज

काठमाडाैं। युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजले स्वर्गीय प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताउँदै खेलाडीहरूलाई पनि उनीजस्तै बन्न सुझाव दिएका छन् । आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै उनले खेल क्षेत्र र खेलाडीहरूमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन् ।

स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रूपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठूलो सामर्थ्य देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासमा दाहालको भूमिकाको खुलेर प्रशंसा गरे ।

दाहालको व्यक्तित्वसँग मिल्ने खालको खेल सञ्चालन गरेको प्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले भने, ‘बक्सिङ बहादुरहरूको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए ।’ उनले स्व. प्रकाश दाहाल निकै जुझारु र बहादुर भएकाे उल्लेख गरे।