‘मलाई वैशाखसम्म काम गर्न दिनुस् न’

Cholendra Rana
लोकपाटी न्यूज

काठमाडौं।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वैशाखसम्म काम गर्न दिन न्यायाधीशसँग प्रस्ताव राखेका छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुले वार्ताका लागि गठन गरेको समितिमा सोमबार वैशाखसम्म राजीनामाका लागि समय दिन प्रस्ताव गरेका हुन् ।

उनले सो समयसम्म प्रशासनिक काम गरेर त्यसपछि सम्मानजनक रुपमा बर्हिगमनको प्रस्ताव राखेको एक न्यायाधीशले जानकारी दिए । न्यायाधीशहरुले वैशाखसम्म कुर्न नसकिने अडान राखेका छन् । न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश दबाबमा छन्।

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास नियमित बस्न सकेको छैन। असन्तुष्ट न्यायाधीशहरुले बहिष्कार गरिदिँदा इजलास प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्