काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वैशाखसम्म काम गर्न दिन न्यायाधीशसँग प्रस्ताव राखेका छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुले वार्ताका लागि गठन गरेको समितिमा सोमबार वैशाखसम्म राजीनामाका लागि समय दिन प्रस्ताव गरेका हुन् ।
उनले सो समयसम्म प्रशासनिक काम गरेर त्यसपछि सम्मानजनक रुपमा बर्हिगमनको प्रस्ताव राखेको एक न्यायाधीशले जानकारी दिए । न्यायाधीशहरुले वैशाखसम्म कुर्न नसकिने अडान राखेका छन् । न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश दबाबमा छन्।
प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास नियमित बस्न सकेको छैन। असन्तुष्ट न्यायाधीशहरुले बहिष्कार गरिदिँदा इजलास प्रभावित हुँदै आएको छ।



लोकपाटी न्यूज

