मन्टेस्क्यू, शार्ल लुई (१६८९-१७५५) : फ्रान्सेली दार्शनिक, ज्ञानप्रसारक, राजनीतिक चिन्तक, समाजशास्त्री तथा इतिहासकार, तटस्थेश्वरवादी। उनले चर्च तथा धर्मशास्त्रको आलोचना गरे, यद्यपि सामाजिक नैतिकता कायम राख्ने भूमिका धर्मको माने। मन्टेस्क्यूले सार्विक नियमसंगतिको विचारको विकास गरे, जसको अधीनमा प्राकृतिक तथा सामाजिक परिघटनाहरु हुन्छन्। उनी प्राकृतिक विधिको सिद्धान्तका सामान्य पूर्वाधारहरुलाई त स्वीकार गर्दथे, तर सुसंगत तर्कबुद्धिवादको विपरीत यो मान्दथे कि यो सिद्धान्तानुसार सामाजिक कानूनहरुको सार्विक पद्धतिको रचना गर्न असंभव छ, किनभने जनसमुदायको अस्तित्वका परिस्थितिहरु भिन्न-भिन्न छन्। मन्टेस्क्यूका अनुसार यही नै कानूनहरु तथा शासनका रुपहरुमा विविधताको कारण हो। मन्टेस्क्यू समाजशास्त्रमा भौगोलिक धाराका संस्थापकहरुमध्ये एक थिए। उनी जलवायु, माटो, आदिलाई विशेष महत्व दिन्थे, तर यसको साथसाथै सामाजिक पर्यावरणको भूमिकामाथि पनि जोड दिन्थे, जसलाई उनले राजनीतिक प्रणाली तथा विधिको समरुप माने। उनले सामन्ती तथा निरंकुशवादी व्यवस्थाको तीक्ष्ण आलोचना गरे तर बुर्जुवा वर्ग र अभिजात वर्गको बीचमा राजनीतिक मेलमिलापको सिद्धान्तकारको रुपमा उनले नरमपंथी संवैधानिक राजगतन्त्रको विचार र सत्ताधिकारहरुको विभाजनको सिद्धान्तको समर्थन गरे। उनका मुख्य कृतिहरु हुन्- ‘फारसका चिठ्ठीहरु’ (१७२१), ‘रोमनहरुको उत्थान तथा पतनको कारण’ (१७३४), ‘नियमहरुको भावना’ (१७४८)।
माइमोनिड (मूसा बेन माइमुन) (११३५-१२०४) : यहूदी दार्शनिक, एरिस्टोटलवादी, यहूदी धर्मको तर्कबुद्धिवादी धाराका नेताहरुमध्ये एक। माइमोनिडको दर्शन यहूदी धर्मशास्त्र तथा एरिस्टोटलवादको संश्लेषण हो। उनले बाइबलको र यहूदी धर्मका अलग-अलग सिद्धान्तहरुको अन्योक्तिपरक व्याख्याको माध्यमबाट धर्मको दर्शनसँग मेल गराउने प्रयास गरे। माइमोनिडका अनुसार ज्ञानको अन्तिम उद्देश्य परम सत्यको लागि तर्कबुद्धिमूलक आधार उपलब्ध गर्नु हो। धार्मिक कट्टरपंथीहरुले माइमोनिडका तर्कबुद्धिमूलक विचारहरुको कारण उनलाई सताए र दुःख दिए। ‘द्विविधाग्रस्तको पथप्रदर्शक’ (‘मोरेह नेवुखिम’) शीर्षक उनको मुख्य कृति यूरोपमा धेरै लोकप्रिय भएको थियो र त्यसले पछिको शास्त्रीयतावादमाथि धेरै प्रभाव पार्यो।
माख, एर्न्स्ट (१८३८-१९१६) : अस्ट्रियाली भौतिकशास्त्री तथा दार्शनिक, आत्मगत आदर्शवादी र आलोचनात्मक-अनुभववादका प्रणेताहरुमध्ये एक। वस्तुलाई संवेदनहरुको समुच्चय स्वीकार गरेर उनले आफ्नो शिक्षालाई दार्शनिक भौतिकवादको विरुद्धमा राखे। ह्यूमको दर्शनलाई आफ्नो प्रस्थानबिन्दु बनाएर उनले कारणता, आवश्यकता तथा मूल तत्वका अवधारणाहरुलाई यसकारणले अस्वीकार गरिदिए कि तिनीहरु अनुभवमा प्राप्त हुँदैनन्। उनका अनुसार जगतको वर्णनमा केवल अनुभवका तटस्ट तत्वलाई मात्र सामेल गर्नुपर्दछ, केवल ती तत्वहरु (जसलाई माखले संवेदनहरुको समरुप माने) र तिनीहरुको कार्यात्मक सम्बन्ध मात्र यथार्थ हुन्छन्। माखले अवधारणाहरुलाई संवेदनहरुका समुच्चयहरु (वस्तुहरु) को प्रतीक र विज्ञानलाई परिकल्पनाहरुको योग मान्दथे, जसको स्थान प्रत्यक्ष अवलोकनले लिनुपर्दछ। भी. आई. लेनिनको कृति ‘भौतिकवाद तथा अनुभवसिद्ध-आलोचना’ माखको आत्मगत आदर्शवाद र त्यसको असंगत स्वरुपको भण्डाफोर र त्यसको आलोचना गरिएको छ। माखका मुख्य कृतिहरु हुन्- ‘संवेदनहरुको विश्लेषण तथा मानसिकता र भौतिकताको सम्बन्ध’ (१८८६), ‘ज्ञान तथा मतिभ्रम’ (१९०५)। उनको दर्शनले नवप्रत्यक्षवादको निर्माणमाथि प्रभाव पार्यो र साथसाथै मार्क्सवादको माखवादी संशोधनको लागि आधारको काम गर्यो (एफ. एडलर, भी. बाजोरोभ, बोग्दानोभ, युश्केभिच, आदि)।
माब्ली, ग्राबियल बोन्ने दे (१७०९-८५) : फ्रान्सेली इतिहासकार तथा राजनीतिक चिन्तक। माब्लीले साम्यवादी व्यवस्थाको सद्भावनापूर्वक चरित्रचित्रण गरे, जुन उनको मतानुसार मानवइतिहासको प्रभातकालमा विद्यमान थियो। उनी निजी स्वामित्वको उत्पत्तिलाई सम्पूर्ण सामाजिक खराबीहरुको मूल मान्दथे। माब्लीको विचार थियो कि निजी स्वामित्वमा आधारित हरेक व्यवस्था प्राकृतिक समानता मानवको सामाजिक सहजवृत्तिको विपरीत छ। मानवजाति यति बढी विचलित भएको छ कि ऊ साम्यवादी व्यवस्थातिर फर्केर आउन सक्दैन। उनले सम्पत्तिको असमानतालाई कम गर्नको लागि एउटा समानतामूलक कार्यक्रम प्रस्तुत गरे। उनी यो कुरा स्वीकार गर्दथे कि जब जनताले अन्यायपूर्ण तथा अतर्कबुद्धिसंगत कानूनहरुद्वारा जकडिएको अनुभव गर्दछ, तब उसलाई क्रान्ति गर्ने अधिकार छ। तर उनी क्रान्तिलाई साम्यवादी आदर्शको उपलब्धिको आवश्यक शर्त मान्दैनथे, उनी त त्यसलाई बढी सीमित उद्देश्यको सिद्धिको साधन मात्र मान्दथे। माब्ली सुसंगत काल्पनिक समाजवादी थिएनन्, तर उनको सामाजिक दर्शनका अधिकांश पक्षहरुले समाजवादी विचारहरको प्रसारमा सहायता गरे। उनको मुख्य कृति हो- ‘विधान अथवा कानूनहरुको सिद्धान्त’ (१७७६)।
मारीतेन, ज्याक (१८८२-१९७३) : फ्रान्सेली दार्शनिक, नवटमसवादका नेता। उनका कृतिहरुको मुख्य उद्देश्य टमस एक्वीनासका सामाजिक विचारहरुको नवीकरण गर्नु र तिनीहरुलाई आधुनिक युगको अनुकूल ढाल्नु थियो। मारीतेन नवटमसवादी व्यक्तिश्रद्धावादका प्रणेता थिए, जुन मुद्रा र पूँजीवादको भावनाको विरुद्ध लक्षित व्यक्तिश्रद्धावादी क्रान्तिको विचारमा आधारित छ। साथसाथै उनले समाजवादको पनि विरोध गरे, जसले मानौं मानिसका आत्मिक आवेगहरुलाई अवरुद्ध गर्दछ। मारीतेनले नयाँ मानवतावादको विचार प्रस्तुत गरे, जसको उद्देश्य मानिसहरुलाई धार्मिक मूल्यहरुको स्वीकृतिको आधारमा एकताबद्ध गर्नु हो। अर्को शब्दमा, नैतिक क्रान्तिसम्बन्धी उनका विचारहरुले सामान्य जनसमुदायलाई मानिसको मुक्तिको लागि वास्तविक संघर्षबाट विमुख बनायो। आफ्ना विभिन्न कृतिहरुमा मारीतेनले मनोविज्ञान, समाजशास्त्र, सौन्दर्यशास्त्र, नीतिशास्त्र र शिक्षाशास्त्रका समस्याहरुमाथि रुढिवादी टमसवादको दृष्टिकोणबाट प्रकाश पारे। उनका मुख्य कृतिहरु हुन्- ‘प्रतिवर्तमान’ (१९२२), ‘एकीकृत मानवतावाद’ (१९३६)।
मारेशाल, पियेर सिलवेन (१७५०-१८०३) : फ्रान्सेली भौतिकवाद र निरीश्वरवादको प्लेवियन-जनवादी पक्षका प्रवक्ता। उनले प्रकृतिको शाश्वत अस्तित्वलाई स्वीकार गरे। उनको मतानुसार त्यसका ठोस अभिव्यक्तिहरु, अर्थात् त्यसका रुपहरु प्रकट हुन्छन् र लोप हुन्छन्। उनको लागि ईश्वर प्रकृतिको पर्याय थियो। भयको अधीनस्थ भएर मानिसले परमसत्तालाई रचना गर्यो र त्यो सत्तालाई प्रकृतिका गुणहरुले युक्त बनायो। उनको निरीश्वरवाद विश्वकोशकारहरुको निरीश्वरवादभन्दा बढी सुसंगत थियो। उनी धर्मको अन्तिम उन्मूलनलाई क्रान्ति, शोषणमूलक प्रणालीको अन्त र साम्यवादको स्थापनासँग जोड्दथे। मारेशाल बाब्यूफिज्म आन्दोलनमा सामेल भए र काल्पनिक साम्यवादी बने। ज्ञानको उनको सिद्धान्त संवेदनवादमा आधारित थियो। उनको मुख्य कृति हो- ‘समान मानिसहरुको घोषणापत्र’ (१७९४)।
मार्कस अव्रेलियस, ऐंटोनिन (१२१-१८०) : दार्शनिक, स्टोइक, रोमन सम्राट (१६१-१८०)। उनले आफ्नो दार्शनिक दृष्टिकोण सूत्रहरुको रुपमा आफ्नो एकमात्र कृति ’आत्मचिन्तन‘ मा व्यक्त गरे। रोमन साम्राज्यको परिपक्व भइरहेको संकटको प्रभाव मार्कस अव्रेलियसको दर्शनमा परेको थियो। उनको व्याख्यामा स्टोइकवादले आफ्ना सम्पूर्ण भौतिकवादी लक्षणहरुलाई गुमायो र त्यो धार्मिक रहस्यवादी बन्यो। मार्कस अव्रेलियसको लागि ईश्वर, सम्पूर्ण वस्तुहरु र प्राणीहरुको मूल, सार्विक तर्कबुद्धि हो, जसमा व्यष्टिगत चेतना शारीरिक मृत्युपछि विसर्जित हुन्छ। उनको नीतिशास्त्र नियतिवादले, विनम्रता तथा यतित्ववादका उपदेशहरुले ओतप्रोत छ। उनले आत्मलीनता तथा जगतलाई शासित गर्ने नियतिनिर्धारित आवश्यकताको ज्ञानको माध्यमबाट नैतिक सर्वांगपूर्णता तथा शुद्धता प्राप्त गर्ने आव्हान गरे। मार्कस अब्रलियसको दर्शनले ईसाई धर्ममाथि ठूलो प्रभाव पार्यो। यद्यपि उनले ईसाईहरुलाई अत्यन्तै क्रूतापूर्वक सताए।
मार्कोभिच, स्वेतोजार (१८४६-७५) : सर्वियाका क्रान्तिकारी-जनवादी, भौतिकवादी दार्शनिक तथा काल्पनिक समाजवादी। उनले रुसमा शिक्षा प्राप्त गरे। मार्कोभिचको विश्वदृष्टिकोण त्यो अवधिमा निरुपित भएको थियो, जब सर्वियाले आफ्नो बुर्जुवा-जनवादी क्रान्तिलाई पूरा गर्ने समस्याको सामना गर्नुपरेको थियो। उनीमाथि रुसी क्रान्तिकारी-जनवादीहरुका विचारहरुको ठूलो प्रभाव पर्यो। उनले पूँजीवादी प्रणालीको तीक्ष्ण आलोचना गरे र पेरिस कम्युनको निर्भिकतापूर्वक समर्थन गरे। तर उनी मार्क्स तथा एंगेल्सका मुख्य कृतिहरुको बारेमा आफ्नो ज्ञान र प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियको कार्यमा सहभागिताको बावजूद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र वैज्ञानिक समाजवादको स्तरमा पुग्न सकेनन्। उनको यो गलत मान्यता थियो कि जद्रुगा (ठूलो पितृसत्तात्मक परिवार) र ग्राम समुदायलाई साहरा बनाएर जनक्रान्तिपछि पूँजीवादबाट नगुज्रिकन समाजवादतिर बढ्न सम्भव छ।
मार्क्युज, हर्बर्ट (१८९८-१९७९) : फ्रर्यांकफर्ट धाराका एक प्रमुख प्रतिनिधि। आधुनिक समाजको आलोचनाको कारण उनी नयाँ वामपंथ आन्दोलनमा लोकप्रिय भएका थिए। उनले यो समाजलाई अधिकतम् प्रविधिकृत तथा नोकरशाहीकृत समुदायको रुपमा चित्रण गरे, जसले मजदूर वर्गलाई मिथ्या आवश्यकताहरुको क्षेत्रमा आकर्षित गरेर उसलाई एकीकृत गर्दछ। उनको विचारमा यी परिस्थितिहरुमा आमूलगामी बुद्धिजीवी तथा छात्र र साथसाथै तथाकथित आउटसाइडर, अर्थात् बाहिरी मानिसहरु (बेरोजगार र लम्पट मानिसहरु) ती परिवर्तनहरुको उत्प्रेरक शक्ति हुन्छन्, जुन सम्पूर्ण सामाजिक मूल्यहरुको धेरै ठूलो अस्वीकृतिको रुपमा प्रकट हुन्छन्। आठौं दशकको आरम्भमा मार्क्युजले संस्कृति तथा कलाको विषयमा आफ्ना सर्वाधिक नास्तीवादी विचारहरुको परित्याग गरेका थिए। यो नयाँ वामपंथद्वारा, जसको कारण उनी सातौं दशकमा लोकप्रिय भएका थिए, आफ्नो प्रभाव गुमाउनुसँगै भयो। उनका मुख्य कृतिहरु हुन्- ‘एरोस तथा सभ्यता’ (१९५५), ‘एकआयामीय मानिस’ (१९६४), ‘स्वतन्त्रताको विषयमा निबन्ध’ (१९६९)।
मार्ती, होसे (१८५३-९५) : क्युवाका चिन्तक, पत्रकार-लेखक, कवि, राष्ट्रिय मुक्ति आन्दोलनका विचारधारानिरुपक तथा नेता। मार्तीका विचारहरुको स्वरुप सुस्पष्ट रुपले क्रान्तिकारी-जनवादी छ। उनी क्रान्तिलाई केवल राष्ट्रिय स्वतन्त्रतातिर मात्र होइन, बरु सामाजिक नवीकरणतिर, वास्तविक जनवादी प्रणालीतिर पनि लैजाने मार्ग मान्दथे। मार्तीले पहिले भौतिकवाद र आदर्शवादका भयानक अतीवादी स्थितिहरुमाथि नियन्त्रण प्राप्त गर्ने प्रयत्न गरे, कालान्तरमा उनको दार्शनिक दृष्टिकोण विस्तार-विस्तार भौतिकवादतिर उन्मुख हुँदै गयो। उनले जीवनको मूल तथा मानिसको उत्पत्तिको विषयमा मूलतः भौतिकवादी विचारहरुलाई अपनाए र यो माने कि यी प्रक्रियाहरु प्राकृतिक शक्तिहरुको प्रभावमा सम्पन्न हुन्छन्। मार्तीले परिकल्पनात्मक तथा धार्मिक जडसूत्रहरुबाट मुक्त स्वतन्त्र चिन्तनको पक्षपोषण गरे, विज्ञानसम्मत ज्ञान प्राप्त गर्ने मानिसको अधिकारको समर्थन गरे र अध्यात्मवाद, शास्त्रीयतावाद तथा पूरोहितवादको आलोचनातिर धेरै ध्यान दिए। सौन्दर्यशास्त्रको क्षेत्रमा उनले कलाको ठूलो सामाजिक तथा शैक्षिक भूमिका माने।
मार्सेल, गाब्रिएल (१८८९-१९७३) : फ्रान्सेली दार्शनिक र लेखक, तथाकथित क्याथोलिक अस्तित्ववादका प्रमुख प्रतिपादक। अस्तित्ववादीहरुमा मार्सेल किर्केगार्डको शिक्षाको सबभन्दा नजिक थिए। उनको मतानुसार दर्शन विज्ञानको विपरीत हुन्छ, जसले वस्तुहरुको जगतको अध्ययन गर्दछ, तर अस्तित्वपरक अनुभवलाई, अर्थात् व्यक्तिको आन्तरिक आत्मिक जीवनलाई स्पर्श गर्दैन। केवल अस्तित्वपरक अनुभवबाट मात्र ईश्वरको ज्ञान प्राप्त गर्न सकिन्छ, त्यसकारण ईश्वरको अस्तित्वको तर्कबुद्धिमूलक प्रमाणको परित्याग गर्नु आवश्यक छ। मार्सेलको नीतिशास्त्र पूर्वनियतिको तथा संकल्पको स्वतन्त्रताको बारेमा क्याथोलिक मतको आधारमा निर्माण गरिएको थियो। राजनीतिमा उनले प्रतिक्रियावादी स्थिति अपनाए। उनका मुख्य कृतिहरु हुन्- ‘अधिभूतवादी डायरी’ (१९२७), ‘सत्ता तथा स्वामित्व’ (१९३५), ‘मानवीयताको विरुद्ध मानिसहरु’ (१९५१)।
मालब्रांश, निकोला दि (१६३८-१७१५) : फ्रान्सेली आदर्शवादी, प्रसंगवादका पक्षधर। उनले आदर्शवादी स्थिति अपनाएर देकार्तको पद्धतिबाट द्वैतवादलाई मेटाउने प्रयत्न गरे। मालब्रांशको दर्शनमा ईश्वरलाई अनन्य भूमिका दिइएको छ, जसले सम्पूर्ण विद्यमान वस्तुहरुको सिर्जना मात्र गर्दैन, बरु ती सबैलाई आफूभित्र संचित गर्दछ। ईश्वरको निरन्तर हस्तक्षेप सम्पूर्ण परिवर्तनहरुको एकमात्र कारण हो; जसलाई प्राकृतिक कारण भनिन्छ, तिनीहरु हुँदैनन्, न स्थानगत र चिन्तनशील पदार्थहरुको बीचमा पारस्परिक क्रिया नै हुन्छ। मालब्रांशले ज्ञानको सिद्धान्तमा पनि आदर्शवादी स्थिति अपनाउँदछन्। मानिसले वस्तुहरुलाई ज्ञानेन्द्रियहरुमा तिनीहरुको प्रभावको माध्यमबाट जान्दैन; ज्ञान सम्पूर्ण विद्यमान वस्तुहरुको विषयमा विचारहरुको मानिसहरुद्वारा प्रत्यक्ष बोध हो, यी सम्पूर्ण विचारहरुको स्रोत ईश्वर हो। उनको मुख्य कृति हो- ‘सत्यको खोजको विषयमा’ (१६७४-७५)।
मासारिक, टामश गरिग (१८५०-१९३७) : चेक दार्शनिक र राजनीतिक कार्यकर्ता, ‘मासारिकिज्म’को नामले ज्ञात दर्शनका संस्थापक। मासारिकको दर्शन (उनले यसलाई यथार्थवाद नाम थिए) असंगत छ। यसमा प्रत्यक्षवादी अनुभववाद (मुख्य रुपमा उनका आरम्भिक कृतिहरुको विशेषता) तथा तर्कबुद्धिवादी धार्मिक-नैतिक विचारहरुलाई एक-अर्कोसँग मिलाइएको छ। मासारिकका अनुसार धर्मले त्यस बेला आफूलाई स्थापित गर्दछ, जब ज्ञानले आभासहरुको सीमा नाघ्दछ र मानिसको सामु अस्तित्वको अर्थको, इतिहासको अर्थको प्रश्न उठ्दछ। उनले धर्मको अर्थ सामान्य रुढिगत देवविद्यामा होइन, बरु नैतिक आस्थामा आधारित विश्वास मान्दथे। मासारिकले अमूर्त मानवतावादको प्रचार गरे र बुर्जुवा सुधारहरुको कार्यक्रम तथा वर्गसहयोगको समर्थन गरे। मासारिकको विचार प्रत्यक्ष रुपमा माक्र्सवादविरोधी थियो तथा मार्क्सवादी-लेनिनवादी विचारधाराका विकृतिहरु र त्यसमाथि दक्षिणपंथी संशोधनवादी प्रहारहरुको स्रोत थियो। उनका मुख्य कृतिहरु हुन्- ‘आधुनिक मानिस तथा धर्म’ (१८९६-९८) तथा ‘सामाजिक प्रश्न’ (१८९८)।
मिखाइलोव्स्की, निकोलाई कोन्स्तान्तिनोभिच (१८४२-१९०४) : रुसी समाजशास्त्री, पत्रकार-लेखक, नरोदवाद विचारधारा निरुपक। १९औं शताब्दीको आठौं दशकको आरम्भमा सुधारवादी धाराका एक नेता। १८७७ मा उनी यो निष्कर्षमा पुगे कि रुसको राजनीतिक प्रणालीको आमूल परिवर्तन आवश्यक छ। १८७९ मा उनी ‘जनताको स्वतन्त्रता’ संगठनको नजिक पुगे। लेनिनले उनलाई १९औं शताब्दीको अन्तिम तृतीयांश भागमा रुसी बुर्जुवा-जनवादका एक सर्वोत्तम प्रतिनिधि तथा प्रवक्ता मान्दथे। १८९२ देखि उनी ‘रुसी सम्पदा’ पत्रिकाका प्रमुख सम्पादकहरुमध्ये एक थिए, जसले माक्र्सवादको विरुद्ध उदारतावादी नरोदवादको संघर्षको नेतृत्व गरिरहेका थिए। दर्शनमा मिखाइलोब्स्कीले समाजको आंगिक विकासको स्पेन्शरको सिद्धान्तलाई आलोचना गरे, किनभने त्यसमा पूँजीवादको पक्षपोषण गरिएको थियो। स्पेन्शरको विपरीत, मिखाइलोव्स्कीले आप्mनै प्रगतिको सूत्र प्रस्तुत गरे र समाजशास्त्रमा आत्मगत विधिको साहयताबाट त्यसलाई न्यायोचित सिद्ध गरे, जसले इतिहासको अध्ययन नैतिक, न्यायसंगत, अपरिहार्य अवधारणाहरुको दृष्टिबाट गर्दछ। यो विधिले ऐतिहासिक विकासको वस्तुगत तर्क, वास्तविक सामाजिक शक्तिहरुलाई उपेक्षित गर्यो, जुन समाजवादी आादर्शलाई व्यावहारिक रुप दिन समर्थ छन्। मिखाइलोव्स्की जनताको राजनीतिक अपरिपक्वताको समयमा सिद्धान्तकारको रुपमा अगाडि आए, त्यसकारण उनी यो मान्दथे कि रुसमा जनव्यापी क्रान्तिकारी आन्दोलनको संभावनाको लागि कुनै स्थान छैन। नायक तथा भीडको उनको सिद्धान्त, जसले जनव्यापी आन्दोलनहरुलाई मूलतः असचेत तथा अनुकरणात्मक मान्दथ्यो, क्रान्तिको मानिसहरुसँग, जसका आशाहरु जनविद्रोहमा केन्द्रित थिए, उनको विवादलाई प्रतिबिम्बित गर्दथ्यो। मिखाइलोव्स्कीका समाजशास्त्रीय विचारहरुको लेनिन तथा प्लेखानोभले तीक्ष्ण आलोचना गरे।
मिल, जोन स्टुअर्ट (१८०६-७३) : अंग्रेज बुर्जुवा दार्शनिक, तर्कशास्त्री तथा अर्थशास्त्री, प्रत्यक्षवादका प्रतिपादक। दर्शनको क्षेत्रमा उनी ह्यूम, बर्कले तथा कोम्टेका अनुयायी थिए। भौतिकवाद तथा आदर्शवादलाई दुई अधिभूतवादी चरम छेउहरुको रुपमा जाँच गरेर मिलले पदार्थलाई केवल संवेदनको स्थायी अन्तरशक्ति र आत्मालाई अनुभूतिको स्थायी अन्तरशक्ति मान्दथे। वस्तुहरु बोधभन्दा बाहिर अस्तित्वमान हुँदैनन्। मानिसले केवल आभासहरु (संवेदनहरु) को प्रत्यक्ष बोध मात्र गर्दछ र तिनीहरुभन्दा बाहिर जान सक्दैन। तर्कशास्त्रमा मिल आगमनवादका विशिष्ट प्रतिपादक थिए। निगमनलाई नयाँ ज्ञान प्राप्त गर्ने विधि नमानेर उनले आगमनको अधिभूतवादी ढंगबाट अतिरंजना गरे। मिलले कार्य-कारण सम्बन्धहरुको आगमनात्मक अन्वेषणको विधिको विस्तार गरे। नीतिशास्त्रमा मिलमाथि बेन्थमको उपयोगितावादको प्रभाव पर्यो। राजनीतिक अर्थशास्त्रमा उनले श्रममूल्यको शास्त्रीय सिद्धान्तको स्थानमा लागतमूल्यको सतही सिद्धान्तको स्थापना गरे। उनले जनसंख्याको माल्थसको सिद्धान्तको पक्षपोषण गरे। मिल आफ्ना सामाजिक-राजनीतिक विचारहरुको सन्दर्भमा बुर्जुवा उदारतावादी थिए। उनका मुख्य कृतिहरु हुन्- ‘तर्कशाास्त्रको प्रणाली’ (१८४३), ‘राजनीतिक अर्थशास्त्रको सिद्धान्त’ (दुई खण्डहरुमा, १८४८), ‘उपयोगितावाद’ (१८६३)।
मिल, जोन स्टुअर्ट (१८०६-७३) : अंग्रेज बुर्जुवा दार्शनिक, तर्कशास्त्री तथा अर्थशास्त्री, प्रत्यक्षवादका प्रतिपादक। दर्शनको क्षेत्रमा उनी ह्यूम, बर्कले तथा कोम्टेका अनुयायी थिए। भौतिकवाद तथा आदर्शवादलाई दुई अधिभूतवादी चरम छेउहरुको रुपमा जाँच गरेर मिलले पदार्थलाई केवल संवेदनको स्थायी अन्तरशक्ति र आत्मालाई अनुभूतिको स्थायी अन्तरशक्ति मान्दथे। वस्तुहरु बोधभन्दा बाहिर अस्तित्वमान हुँदैनन्। मानिसले केवल आभासहरु (संवेदनहरु) को प्रत्यक्ष बोध मात्र गर्दछ र तिनीहरुभन्दा बाहिर जान सक्दैन। तर्कशास्त्रमा मिल आगमनवादका विशिष्ट प्रतिपादक थिए। निगमनलाई नयाँ ज्ञान प्राप्त गर्ने विधि नमानेर उनले आगमनको अधिभूतवादी ढंगबाट अतिरंजना गरे। मिलले कार्य-कारण सम्बन्धहरुको आगमनात्मक अन्वेषणको विधिको विस्तार गरे। नीतिशास्त्रमा मिलमाथि बेन्थमको उपयोगितावादको प्रभाव पर्यो। राजनीतिक अर्थशास्त्रमा उनले श्रममूल्यको शास्त्रीय सिद्धान्तको स्थानमा लागतमूल्यको सतही सिद्धान्तको स्थापना गरे। उनले जनसंख्याको माल्थसको सिद्धान्तको पक्षपोषण गरे। मिल आफ्ना सामाजिक-राजनीतिक विचारहरुको सन्दर्भमा बुर्जुवा उदारतावादी थिए। उनका मुख्य कृतिहरु हुन्- ‘तर्कशाास्त्रको प्रणाली’ (१८४३), ‘राजनीतिक अर्थशास्त्रको सिद्धान्त’ (दुई खण्डहरुमा, १८४८), ‘उपयोगितावाद’ (१८६३)।
मिल्यूतिन भ्लादीमिर अलेक्सेयेभिच (१८२६-५५) : रुसी अर्थशास्त्री, रुसमा १९औं शताब्दीको पाँचौं दशकमा समाजवादी विचारहरुका प्रतिपादक। पत्राशेव्स्की समूहका सदस्य थिए। १९औं शताब्दीको पाँचौ दशकको अन्तमा उनले भने कि बुर्जुवा अर्थशास्त्र संकटको अवस्थामा छ। मिल्यूतिनका अनुसार केवल विशुद्ध विज्ञानहरुबाट मात्र मानव र समाजको विकासका नियमहरुको खोज हुन सक्दछ। त्यसकारण एकातिर, यो आवश्यक छ कि आर्थिक तथा सामाजिक मतले प्राकृतिक विज्ञानहरुका विधिहरुमा पारंगत प्राप्त गर्नुपर्दछ र अर्कोतिर, आर्थिक मतहरुलाई समाजवादको नजिक ल्याउनुपर्दछ। आफ्ना सकारात्मक आदर्शका व्याख्या गर्नमा मिल्यूतिन वैज्ञानिक-दार्शनिक क्षेत्रमा कोम्टेको समाजशास्त्रतिर झुके। सामाजिक-राजनीतिक क्षेत्रमा उनी सम्पूर्ण पृथ्वीलाई शान्तिपूर्ण ढंगबाट श्रमका अविभाज्य साधनहरुमा परिणत गर्ने र उत्पादक संघहरुमा एकताबद्ध साना समूहहरु (किसानहरु) को वर्गलाई कायम राख्ने सुधारवादी आशाहरुतिर झुके।
मिल्स राइट (१९१६-६२) : अमेरिकी समाजशास्त्री तथा लेखक-पत्रकार। उनका कृतिहरुले, जुन बुर्जुवा उदारतावादी भावनामा लेखिएका थिए, अमेरिकामा बुर्जुवा-जनवादको पतनको सुस्पष्ट चित्रण गरे, निगमहरु, सरकारी नोकरशाही तथा सेनाका प्रतिनिधिहरुबाट बनेको सर्वशक्तिशाली अल्पतन्त्रलाई प्रदिर्शित गरे, अमेरिकाको सैन्यीकीकरण तथा युद्धको लागि त्यसको तयारीलाई भण्डाफोर गरे। उनले समकालीन अमेरिकी समाजशास्त्रमा विभिन्न धाराहरुको तीक्ष्ण आलोचना गरे, त्यसको विधिविज्ञानसम्बन्धी कमजोरी, औपचारिकता, एकाधिकारीहरुका हितहरुको अधीनस्थता प्रकट गरे। मिल्सको विश्वदृष्टिकोणको सीमित थियो, किनभने उनले समाजको पुनर्गठनका वास्तविक तरीकाहरुलाई देख्न सकेनन्, उनले मजदूर वर्गको विश्व ऐतिहासिक भूमिकालाई अस्वीकार गरे तथा माक्र्सवादी दर्शनको गलत ढंगले व्याख्या गरे। उनका मुख्य कृतिहरु हुन्- ‘सत्ताधारी विशिष्ट वर्ग’ (१९५६), ‘तृतीय विश्वयुद्धका कारण’ (१९५८) र ‘समाजशास्त्रीय कल्पना’ (१९५९)।
मुंजर टमस (लगभग १४९०-१५२५) : चर्चका धर्मोपदेशक, जर्मनी महान किसान युद्ध (१५२५) का एक नेता, धर्मसुधार आन्दोलनको आमूलगामी किसान-प्लेवियन पक्षका विचारधारा निरुपक। नरमपंथी सुधारक लुथरको विपरीत मुंजरले क्याथोलिक चर्चको मात्र होइन, बरु सम्पूर्ण ईसाई धर्म तथा समग्र रुपमा सामन्तवादको विरोध गरे। मुंजरले चर्च तथा त्यसको शिक्षाको सुधारको बदला किसानहरु र गरीब शहरियाहरुको सामाजिक-आर्थिक क्रान्तिलाई सुधार आन्दोलनको आधारभूत कार्यभार मान्दथे। मुंजरको दर्शन, जुन मध्ययुगिन किसान-प्लेवियन अधर्महरु तथा रहस्यवादको प्रभावअन्तर्गत निरुपित भएको थियो, सर्वेश्वरवादी थियो। मुंजरको राजनीतिक कार्यक्रम सामन्तवादी काल्पनिक साम्यवादको धेरै नजिक थियो।
मूर जर्ज एडवर्ड (१८७३-१९५८) : अंग्रेज आदर्शवादी दार्शनिक, नवयथार्थवादका प्रतिपादक। आत्मगत आदर्शवादको आलोचना गरेर मूरले त्यसका विरुद्धमा सहजबुद्धिलाई राखे, जसले हामीलाई परिवेशीय जगतको वस्तुगततालाई मान्नको लागि प्रेरित गर्दछ। सहजबुद्धिको यो सिद्धान्तानुसार ब्रम्हाण्डमा भौतिक पिण्डहरु र केवल केही यस्ता पिण्डहरुसँग जोडिएका सचेत प्रक्रियाहरुको अस्तित्व मात्र हुन्छ साथसाथै सहजबुद्धिले यो संभावनालाई वर्जित गर्दैन कि जगतको प्रकृति आत्मिक छ, दिव्य तर्कबुद्धि, त्यसका प्रक्रियाहरु तथा मृत्युपछि जीवनको अस्तित्व छ। मूरले तार्किक विश्लेषणका विधिहरुको विकास गरे। विश्लेषणको उनको सिद्धान्तले नवप्रत्यक्षवादलाई प्रभावित गर्यो। उनको नीतिशास्त्र यो मान्यतामा आधारित छ कि असल तथा खराबविषयक अवधारणाहरुको व्याख्या गर्न सकिंदैन। उनका मुख्य कृतिहरु हुन्- ‘नीतिशास्त्रको सिद्धान्त’ (१९०३), ‘सहज बुद्धिको वकालत’ (१९२५), ‘दर्शनका केही मुख्य समस्याहरु’ (१९५८)।
मूर टमस (१४७८-१५३५) : काल्पनिक समाजवादका संस्थापकहरुमध्ये एक, पुनर्जागरण कालका मानवतावादी तर्कबुद्धिवादी। उनको पालनपोषण एउटा बुर्जुवा परिवारमा भएको थियो। १५२९ देखि १५३२ सम्म उनी उच्च सरकारी पदमा आसीन रहे, उनी इंग्ल्याण्डका लर्ड चान्सलर थिए। राजाको आदेशमा उनको शिर काटिएको थियो। मूरले ‘राज्यको सर्वश्रेष्ठ व्यवस्थाको बारेमा र काल्पनिक नयाँ द्वीपको बारेमा जति मनोरंजक, त्यति नै उपयोगी पुस्तक’ शीर्षक आफ्नो कृति (१५१६) मा अज्ञात देश, यूटोपिया (शाब्दिक अर्थ – अस्तित्वहीन स्थान) को यात्राको वर्णन गरे। मूरले यसमा निजी स्वामित्वमा आधारित प्रणाली, आफ्नो समयमा इंग्ल्याण्डका सामाजिक-राजनीतिक सम्बन्धहरुको व्यापक रुपले आलोचना गरे। उनले यस्तो प्रणालीको चित्रण गरे, जसमा सार्वजनिक स्वामित्वको प्रभुत्व छ। उनले नै सबभन्दा पहिले उत्पादनको सामाजीकरणको विचारलाई श्रम तथा वितरणको साम्यवादी संगठनको विचारसँग जोडेर त्यसको सुसंगत रुपले विवेचना गरेका थिए। यूटोपियाको आदर्श, स्वतन्त्र राज्यको मुख्य आर्थिक इकाई परिवार हो। उत्पादन शिल्पकारीहरुमा आधारित छ। यूटोपियाका मानिसहरुले जनवादी शासनअन्तर्गत जीवनयापन गर्दछन् र श्रमको क्षेत्रमा समानताको उपभोग गर्दछन्। मानिसहरुले ६ घण्टा प्रतिदिन काम गर्दछन्, उनीहरुको बाँकी समय विज्ञान तथा कलाका क्षेत्रहरुको लागि हुन्छ। व्यक्तिको सर्वांगीण विकास, सैद्धान्तिक शिक्षाको श्रमसँग एकीकरणलाई धेरै महत्व दिइन्छ। यो एकीकरण शिक्षा-दीक्षाको क्षेत्रमा समाजवाादी दृष्टिकोणको भ्रूणावस्था हो। मूरले यो बुझ्न सकेनन् कि समाजवादी आदर्शको मूर्तकरणको लागि प्रविधिको अत्यन्त विकास आवश्यक छ। उनी नयाँ प्रणालीमा शान्तिपूर्ण संक्रमणको सपना देख्दथे।
मेंगत्जु (लगभग ३७२-२८९ ई. पू.) : कन्फ्यूशसका एक प्रमुख अनुयायी। उनका विचारहरुको विवेचना ‘मेंगत्जु’ शीर्षक पुस्तकमा गरिएको छ। आफ्नो दार्शनिक दृष्टिकोणमा मेंगत्जुले आदर्शवादको स्थिति अपनाए। उनी संवेदनात्मक प्रत्यक्षबोध तथा संवेदनहरुलाई होइन, बरु तर्कबुद्धिको प्रमाणलाई ज्ञानको प्रक्रियाको आधार मान्दथे। उनको दावीअनुसार नैतिकता तथा नीति-आचार मानिसका प्राकृतिक गुणहरुबाट उत्पन्न हुन्छन्, जसलाई उनले अन्तर्जात रुपमा असल माने। नैतिक गुण, जुन मानिसको प्रकृतिका विशिष्टता हुन्, दिव्य लोकबाट प्राप्त हुन्छन्, जुन सर्वोच्च निर्देशक शक्ति हो। उनले साथसाथै अन्तर्जात योग्यता तथा अन्तर्जात ज्ञानलाई स्वीकार गर्दथे। आफ्ना सामाजिक-राजनीतिक विचारहरुमा उनले केही प्रगतिशील प्रस्थपनाहरु प्रस्तुत गरे, जनताको सर्वप्रमुख भूमिका तथा शासकको अधीनस्थ भूमिकामाथि जोड दिए, जसलाई हटाउने अधिकार जनतासँग छ, यदि उसले उनीहरुका अपेक्षाहरु पूरा गर्न सक्दैन भने। उनले देशको एकीकरणको आव्हान गरे। उनको शिक्षाको गहिरो प्रभाव सामन्ती चीनको विचारधारामाथि पर्यो। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट



लोकपाटी न्यूज

