फुटबल टोली घोषणा, को–को परे टोलीमा ?

Football
लाेकपाटी न्यूज

काठमाडौ‌ँ, १ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सो टोली सहभागी हुने एन्फाले जनाएको छ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ छनोट भएका छन् । त्यस्तै सल्यान खड्गीलाई सहायक प्रशिक्षक र छन्नुराम चौधरीलाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

नेपाली टोलीमा सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी गोलकिपरमा, राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ डिफेण्डरमा, अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी मिडफिल्डरमा र रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ, प्रोजन तामाङ फरवार्डमा खेल्नको लागि छनोट भएका छन् ।

कप्तानको जिम्मेवारी भने अहिलेसम्म कसैलाई तोकिएको छैन ।