घट्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर रु. ६२ हजार ४ सयले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६१ हजार १ सयमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर रु. ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्