काठमाडौं, २१ माघ । राष्ट्रिय बक्सिङ्ग खेलाडी प्रमिला राईमाथि सांघातिक आक्रमण भएको छ । नागार्जुन नगरपालिका-२ बस्ने प्रमिलाकी सासु सितल मोक्तान र नन्दले उनीमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् ।
आक्रमणमा परी राईको टाउकोमा गम्भीर चोट लागेको छ । घटना माघ १७ गते बेलुका घटेको हो ।
घाइते राईको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घरायसी विषयमा कुरा हुँदा आफूमाथि सासु र नन्दले एक्कासी आक्रमण गरेको राईले बताइन् ।
सासु-ससुराले आफूमाथि लामो समयदेखि मानसिक तनाव दिँदै आएको प्रमिलाले बताइन् । प्रमिलाका ससुरा लंकेश लामा नागार्जुन नगरपालिका-२ का वडा सदस्य समेत हुन् ।
प्रमिलाले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जाहेरी दिए पनि प्रहरीले साक्षीको भरमा अभियुक्तलाई एक रात प्रहरी हिरासतमा राखेर छाडेको राईले बताइन् ।
अपराधी खुलेआम घुमिरहे पनि प्रहरीले पक्राउ नगरेकोमा राइले आपत्ति जनाएकी छन् ।



लाेकपाटी न्यूज

