स्वदेश फर्कँदै नेपाली क्रिकेट टोली

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र ट्वान्टी २० सिरिज जितेको राष्ट्रिय क्रिकेट टोली आज काठमाडौं फर्कदैछ ।

दुबै सिरिजमा पहिलो खेल हारेर अन्तिम दुबै खेल जितेको नेपाली टोली आज दिउँसो काठमाडौं आईपुग्ने छ । नेपाली टोली ट्रफिसहित दिउँसो साढे ३ बजे काठमाडाैं आईपुग्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकाटीले जानकारी दिए ।

नेपालको यो जीत दुबै फर्मेटको क्रिकेटमा ऐतिहासीक सफलता हो । आईसीसीले चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता दिएपछि, नेपालले यूएईसँग सिरिज खेलेको हो ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने बिग बासका बाँकी खेल खेल्न युएईबाटै अष्ट्रेलिया जाने भएका छन् । मेलबर्न स्टार्समा आवद्ध लामिछानेले बिग बास अन्तर्गत लिग चरणका बाँकी २ खेल खेल्नेछन् ।

मेलबर्न बिग बास क्रिकेट लिगको सेमिफाईनल नजिक पुगेकाले सन्दिपको अष्ट्रेलिया बसाई केही लम्बिन सक्नेछ । लामिछाने, माघ २६ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा भने सहभागी हुने छैनन् ।