“बिधवा आमा” (कविता)

maya
लाेकपाटी न्यूज

सेतो सारी झुप्प परेको कपाल
मुजा परेका अनुहारका खोपिल्टा।

पाँच वर्ष भयो बा ले सेती बन्ने संस्कारमा
छोडेर जानु भएको।
बा ले छोडेर गएदेखि
सुखको आगमन कहिल्यै भएन।
दु:खलाई नै साथी बनाएर
एक्लो जीवन कटाउदा कति बिझ्यो होला एक्लोपन
कति चिथोरे होलान अरुका बचनले।

हरेक वर्ष तीज आउदा
टोलका आईमाईहरु रंगीन साडी र श्रृङ्गारमा छमछमी नाच्छ्न।
तर,सेतो साडी र खाली सिउदोमा
आगनको छेउमा बसेर हेरिरहन्छिन ,आमा।

बाझो खेत जोती माग्न
पल्ला गाउँका काकालाई गुहार्दा
संकालु नजरले हेर्छ दुनिया।

एक छाक भोक टार्न नसकेर
आसुको तलाउमा डुब्दा
रमिता हेर्छ दुनिया।

नयाँ हासो हास्यो भने
नयाँ सपना देख्यो भने
नपच्ने रहेछ समाजलाई।

समाजको चित्त बुझायो आफ्नो
जिन्दगी ओझेल
आफ्नो चित्त बुझायो
समाजबाट तिरस्कृत ।

बिधवा हुनु भनेको त
साधा भएर आधा मात्रै बाच्नु रहेछ।
बाकी सबै बन्देज गरिदिएको छ समाजले।

✍️ छत्रा रावल

धनगढी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्