युएईविरुद्ध नेपालको शानदार जीत

Nepali Cricketer01
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । नेपालले युएईविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा जीत हासिल गरेको छ ।

शुक्रबार घरेलु टोली युएईविरुद्धको खेलमा नेपालले ४ विकेटको जीत हात पारेको हो । युएईले दिएको १०८ रनको लक्ष्य नेपालले ओभर सकिन तीन बल बाँकी छँदै भेट्टाएको हो ।

नेपाली टोलीलाई जीत दिलाउन दीपेन्द्रसिंह ऐरीले शानदार इनिङ खेले । उनले धर्मराएको नेपालको पारीलाई डेब्यू ब्वाई पवन सर्राफसँग राम्रो साझेदारी गरे । दीपेन्द्रले सर्वाधिक नटआउट ४७ रनको योगदान दिए । त्यसक्रममा उनले चार चौका र एक छक्का हिर्काए । त्यस्तै पवन सर्राफले आउट हुनुअघि १८ रन जोडे । नेपालका लागि करण केसीले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

युएईका लागि सुल्तान अहमदले दुई विकेट लिए । त्यस्तै मोहम्मद नाभिद, अमिर हायात तथा जाहुर खानले समान एक/एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।