ग्लोबल आइएमई बैंकले के कस्ता सेवाहरू दिन्छ ?

लोकपाटी न्यूज

काठमाडाैँ। ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंक हो। सबै खाले बैंकिंग सुविधा दिने उद्देश्यले स्थापना भएको यस बैंकले आफूलाई देशको विश्वासिलो र भरपर्दो बैंकको रूपमा स्थापित गरेको छ। आफ्ना आकर्षक सुविधामार्फत सेवाग्राहीको मन जित्न सफल छ।

क्षमतावान, दक्ष जनशक्तिका हिसाबले पनि बलियो छ। ‘सबैका लागी बैंक’ भन्ने नारासहित बैंकले विश्वस्तरीय बैंकिंग सेवा दिने प्रयास निरन्तर जारी राखेको छ। सरकारी लेनदेन सम्हाल्ने बैंकहरूमध्ये यो बैंक पनि एक हो। आधिकारिक रूपमा केही कार्यालयहरूमा सरकारी राजस्व लेनदेन हस्तान्तरणमा सरकारले विश्वास गरेको केही वाणिज्य बैंकहरु मध्ये यो बैंक पनि एक हो। ग्लोबल आइएमई बैंकले के कस्ता सेवाहरू दिन्छ ? भन्ने विषयमा आज हामी यहाँ चर्चा गर्दैछौं।

बैंकले सात विभिन्न प्रकारको ऋण प्रवाह गर्दै आएको छ। ति ऋण निम्न प्रकारका छन्ः

१. लोन अगेन्स्ट एफडीः यसमा प्रतिस्पर्धी ब्याजदरको व्यवस्था रहेको छ। यो कर्जामा ग्राहकले जुनसुकै समयमा लिएको ऋण तिर्न सक्छन्। डिपोजिटमा बैंकले ९० प्रतिशतसम्म कर्जा दिन्छ।

२. ग्लोबल बैंक धितोमा ऋण (व्यक्तिगत ऋण): यो ऋण व्यक्तिगत आवश्यकता पुरा गर्नका लागि, व्यापार व्यवसाय सञ्चालन गर्ने योजना भएका व्यत्तिहरुलाई प्रदान गरिने ऋण हो। लामो बिदाको योजना तथा घर किन्नका लागि पनि यो ऋण बैंकले उपलब्ध गराउँछ। यो ऋणको विशेषतामा यसको प्रिमियम दर प्रतिस्पर्धी छ, यसको व्याज भुक्तानी मासिक त्रैमासिक आधारमा गर्न सकिन्छ।

यो ऋण स्वीकृत प्रक्रिया चाडै हुन्छ, बैंकका सबै शाखाहरूबाट यो सुविधा लिन सकिन्छ, यो ऋणको सम्बन्धमा बैकले काउन्सेलिङको पनि व्यवस्था गरेको छ। साथै यो ऋण अधिकतम १५ वर्षमा तिर्ने गरी लिन सकिनेछ। यो ऋण २१ वर्षमाथिको नेपाली नागरिकले मात्रै लिन सक्नेछन्। स्थायी जागिर गरिरहेका वा आफ्नै व्यापार व्यवसाय गरिरहेका वा पैसा आउने निश्चित माध्यम भएका, कुल आयको ५० प्रतिशतसम्म EMI /EQI हुन आवश्यक छ।

यो ऋण लिनको लागि २ प्रति ऋणीको फोटो, ऋणी र ग्यारेन्टी बस्ने नागरिकताको फोटोकपी, अडिट गरिएको वित्तीय विवरणको फोटोकपी वा स्वघोषित आम्दानीको विवरण आवश्यक पर्दछ। ऋण लिनका लागी बैंकको नियमानुसार आवेदन पत्र भर्नु पर्दछ। ऋणीको हालको खाताको बारेमा जानकारी दिन आवश्यक छ। त्यस्तै आधिकारिक संस्थाबाट जारी नापी नक्सा उपलब्ध गराउनुपर्छ। मालपोत रसिद, नक्सा पास, राजीनामा, चार किल्ला प्रमाणित, आवश्यकता भएमा घर पुनरनिर्माणको प्रमाणपत्र आवश्यक पर्दछ। त्यसको अलावा अन्य बैक तथा फाइनान्सियल कम्पनीको ऋण लिएको स्टेटमेन्ट आवश्यक छ। अन्य डकुमेन्ट बैंकले तोकेबमोजिकको वा आवश्यकता अनुसार पेस गर्नुपर्छ।

३. ग्लोबल शैक्षिक कर्जाः शैक्षिक क्यारियरका विद्यार्थीलक्षित यो कर्जा सेवा हो। यो ऋण प्लस टु भन्दा माथि देशभित्र वा बाहिर अध्ययन गर्न चाहने विद्यार्थी लक्षित छ। यसमा विद्यार्थीको पठाई खर्च, भर्ना खर्च, खाने बस्ने खर्च, स्टेशनरी खर्च लगायतका कुराहरू पर्दछन्। यसमा प्रतिस्पर्धी प्रिमियम दर छ, मासिक र त्रैमासिक रूपमा यसको स्टलमेन्ट तिर्न सकिन्छ, बैंकले यो ऋणको स्वीकृति छिटो दिन्छ। बैंकको सबै शाखाहरूबाट यो ऋण लिन सकिन्छ। बैंकले यो ऋणको लागि काउनसेलिङ पनि दिन्छ। २१ वर्षमाथिका नेपाली नागरिकले बैंकबाट यो ऋण लिन सक्छन्।

४. ग्लोबल हायर पर्चेज लोनः यो ऋण बैंकले विशेषतः व्यावसायिक प्रयोजनका समाग्रीहरुको खरिदका लागि दिने गरेको छ। एसमा हल्का तथा हेभी सवारी साधनहरू बस, ट्रक, माईक्रोबस, एक्स्काभेटर खरिदका लागि दिने गरिन्छ। यो कर्जामा प्रतिस्पर्धात्मक प्रिमियमको व्यवस्था रहेको छ। मासिक वा त्रैमासिक रूपमा निश्चित रकम तिर्न सकिन्छ। यो बैंकले छिटै दिने र सबै शाखाबाट लिन सकिन्छ। यो पनि २१ वर्षभन्दामाथीका  नेपाली नागरिकले लिन सक्छन्।

५. ग्लोबल अटो लोनः यो कर्जा सवारी साधन खरिदको लागि प्रदान गरिन्छ। नयाँ पुराना सवारी साधन खरिदको लागि यो ऋण उपयुक्त छ। यसमा पनि प्रतिस्पर्धात्मक प्रिमियम सुविधाको व्यवस्था गरिएको छ। निश्चित रकम मासिक र त्रैमासिक रूपमा तिर्न सकिन्छ। यस्तो ऋण सात वर्षसम्मका लागी लिन सकिन्छ भने सवारी साधनको मूल्यको ५० प्रतिशतसम्म तर विद्युतीय ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था छ। यो ऋणमा पनि आवश्यकता अनुरूप बैंकले काउन्सेलिङको व्यवस्था गरेको छ। २१ वर्षमाथिका तलब खाने वा स्वावलम्बी व्यक्तिलाई बैंकले ऋण दिन्छ।

६. ग्लोबल घर कर्जाः यो कर्जा घर निर्माणका लागि प्लट किन्नका लागी, व्यक्तिगत घर तथा अपार्टमेन्ट किन्नका लागि, बंगला किन्नका लागि, अपार्टमेन्ट बनाउने निर्माताहरू, घर पुनर्निर्माण, विस्तार गर्नका लागि, अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि दिइन्छ। यो कर्जा पनि प्रतिस्पर्धी प्रिमियम दरमा पाइन्छ। निश्चित तोकिएको रकम बैंकलाई मासिक वा त्रैमासिक रूपमा तिर्न सकिन्छ। बैंकले यो कर्जा छिटै स्वीकृत गर्दछ भने सबै शाखाहरूबाट यो ऋण लिन सकिन्छ। यस्तो ऋण २५ वर्षसम्मको अवधिका लागि लिन सकिन्छ। यो कर्जाको ग्रेस १ वर्षको रहेको छ भने परामर्शको व्यवस्था पनि रहेको छ। यो कर्जा पनि २१ वर्षमाथिका नेपाली नागरिकले ग्यारेन्टी बस्ने मानिसको साथमा आए पाइन्छ। तलबी वा आत्मनिर्भर व्यक्तिले आवश्यक प्रक्रिया पुरा गरेर यो ऋण लिन सक्छन्।

७. ग्लोबल आईएमई प्रोफेसनल लोनः निश्चित तलब भएको प्रोफेसनल व्यक्तिहरूको व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागी यो ऋण बैंकले प्रदान गर्दछ। यो गैरसम्पत्तिमा आधारित कर्जा सुविधा हो। यो कर्जाका लक्षित समूह भनेको डाक्टर, इन्जिनियर, चार्टड एकाउन्टेन, सरकारी कर्मचारी, वकिल, शिक्षक, प्रोफेसरहरू, प्रतिष्ठित कम्पनीहरू, एनजिओ, आईएनजिओ लगायत रहेका छन्। यो ऋण लिनका लागि २५ वर्षदेखि ६५ वर्षसम्मका नेपाली नागरिकहरू सक्षम छन्।

तलब खाइरहेका र प्यान सर्टिफिकेट भएका सम्बन्धित क्षेत्रमा कम्तीमा एक वर्षको अनुभवी व्यक्तिले यो कर्जा दिन सक्छन्। यो कर्जाको लिएपछि निश्चित रकम मासिक र त्रैमासिक रूपमा तिर्न सकिन्छ। यो ऋण ईन्स्टलमेन्ट बेसिसमा ५ वर्षको लागि र रिभल्भिङ बेसिसको एक वर्षको लागि बैंकले निर्धारण गरेका आवश्यक प्रक्रिया अपनाई प्राप्त गर्न सकिन्छ।

ग्लोबल रेमिट सेवा

ग्लोबल रेमिट ग्लोबल आईएमई बैंक लिमिटेडको प्रिमियम अनलाइन ग्राहक केन्द्रित र टेक्नोलोजी उन्मुख रेमिटेन्स सेवा हो। यो वेब आधारित रेमिटेन्स सफ्टवेयर हो, जसले पछिल्लो टेक्नोलोजीकल सुविधाहरूको साथ अनलाइन मनी ट्रान्सफरको सुविधा पुर्‍याउँछ। यसले बैंकका अन्तर्राष्ट्रिय साझेदारमार्फत रकम स्थानान्तरणलाई गर्दछ। ग्राहकहरूले सबै शाखा नजिकको स्थानहरूमा रकम स्थानान्तरण गर्न तथा प्राप्त गर्न सक्दछन्। रेमिटेन्स व्यवसायमा लामो अनुभव भएको बैंकका व्यवस्थापन समूह र निर्देशकहरूका कारण ग्लोबल रेमिट पैसा पठाउन र प्राप्त गर्नका लागि सब भन्दा छिटो र सुरक्षित रहेको छ। रकम पठाउनका लागि सबैभन्दा कम शुल्क र उच्च विनिमय दरको साथ आफ्ना ग्राहकहरूलाई ग्लोबल रेमिटले सुविधा दिँदै आएको छ। यसैको कारण ग्लोबल रेमिट र ग्राहकहरुबीच मजबुत सम्बन्ध स्थापित छ।

मुख्य विशेषताहरू

१.इन्टरनेटमा आधारित सुरक्षित सेवा
२. एपीआई कनेक्टिभिटीमा आधारित निर्बाध भुक्तान वितरण प्रणाली
३.सबैभन्दा ठूलो नेटवर्क भएको जसमा २९५ भन्दा बढी ग्लोबल आईएमई बैंक शाखा, १५ हजारभन्दा बढी आईएमई/जीएमई स्थानीय एजेन्ट भएको।
४. तत्काल ग्लोबल आईएमई ए/सी क्रेडिट लेनदेनको लागि तत्काल क्रेडिट सुविधा।
५. तेस्रो बैंकसँगको तत्काल लेनदेन भुक्तानीको व्यवस्था
६. रेमिटेन्स जानकारीको छिटो र भरपर्दो माध्यमको रूपमा रहेको।
७. प्रतिस्पर्धी कमर्सियल साझेदारहरू भएको।
८. एकद्वार समस्याको समाधान र सबै ग्राहकका प्रश्नको लागि कस्टुमर केयरको व्यवस्था भएको।

रेमिटेन्स ट्रान्सेक्शनको प्रक्रिया

पहिलो चरणः रेमिटरले आफ्नो पैसा पठाउन प्राप्त गर्ने आउटलेट अर्थात् एक्सचेन्ज हाउस/बैंकहरूसँग सम्पर्क गर्नेछ। उसले आवेदन फारम भर्नेछ, जसमा स्थानान्तरण रकम, स्थानान्तरण प्रकार, प्रेषक र लाभकर्ताको विवरण आवश्यकता अनुसार भर्नुपर्दछ।

दोस्रो चरणः रेमिटरले फारम र आवश्यक स्थानान्तरण रकम प्राप्त गर्नेछ आउटसेज शुल्कसहित प्राप्त आउटलेटमा त्यसपछि ग्लोबल रेमिट मार्फत लेनदेन प्रक्रिया सुरु गर्दछ। ग्लोबल रेमिट मार्फत लेनदेनको लागि, प्रणालीले एउटा कोड जेनेरेट गर्दछ, जुन कोड रेमिटरले फोन, एसएमएस वा मेल मार्फत रकम प्राप्त गर्नेलाई रकम निकाल्नका लागि दिन आवश्यक पर्दछ।

तेस्रो चरणः रकम प्राप्त गर्नेले ग्लोबल रेमिटको नजिकको शाखा/भुक्तानी स्थानमा गएर फारम भरि आफूलाई पठाइएको रकम दाबी गर्नेछ। फारममा उल्लेखित विवरण भर्नुपर्दछ।

चौथो चरणः भुक्तानी काउन्टर (ग्लोबल आईएमई बैंक शाखा वा आईएमई/जीएमईको एजेन्ट)ले रेमिटरले रकम प्राप्त गर्नेको लागी पठाएको कोडलाई आफ्नो प्रणालीमा राख्दछ। मेल खाएमा भुक्तानी गर्ने काउन्टर ((ग्लोबल आईएमई बैंक शाखा वा आईएमई/जीएमईको एजेन्ट))ले फोटो-आईडी (नागरिकता, राहदानी वा ड्राइभिङ इजाजत पत्र)को एक प्रतिलिपि लिई रकम प्राप्त गर्न चहाने लागि रकम भुक्तानी दिन्छ।

डिजिटल बैंकिंग

डिजिटल बैंकिंग सेवा अन्तर्गत बैंकले मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, क्युआर कोड भुक्तानी, अनलाइन फिक्स डिपोजिट, मिस कल बैंकिंग, भाइवर बैंकिंग लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। त्यस्तै बैंकले आफ्ना ग्राहकहरूलाई भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड, ग्लोबल ट्राभल कार्ड, भिसा इन्टरनेशनल क्रेडिट कार्ड (युएसडी) लगायतका कार्डहरू विभिन्न सुविधाका साथ प्रदान गर्दै आएको छ।