काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले नाफा बढाएर ५० अर्ब रुपैयाँभन्दा बढी पुर्याएको छ।
कम्पनीले प्रकाशित गरेको चालु आवको ९ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्म खुद नाफा ५० करोड ६६ लाख रुपैयाँ कमाएको छ । जबकी कम्पनीले गत आवको सोही अवधिसम्ममा ४६ करोड ५० लाख रुपैयाँ कमाएको थियो।
कम्पनीले यस अवधिमा बीमा शुल्क संकलन बढाएर करिब २५ अर्ब रुपैयाँ पुर्याएको छ। कम्पनीले समीक्षा अवधिमा २४ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीले गत आवको सोही अवधिमा बीमा शुल्क संकलन १८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो।
कम्पनीले यस अवधिमा अभिकर्ता कमिशनवापत २ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ भने कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ। कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्यबाट ५३ करोड ७७ लाख रुपैयाँ आय गरेको छ भने जीवन बीमा कोष १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ संलकन गरेको छ। कम्पनीको महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ छ भने प्रतिसेयर नेटवर्थ १२३.९२ र पीइ अनुपात २२५.०९ छ।



लोकपाटी न्यूज