बोटलर्स नेपाल र रूरू जलविद्युतकाे सेयर सर्किट लेबलमा काराेबार, कति पुग्याे सेयरमूल्य ?

लोकपाटी न्यूज

काठमाडौं। बिहीबार शेयरबजारमा बोटलर्स नेपाल (तराई) कम्पनीको रूरू जलविद्युत् परियोजना लिमिटेडको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ।यस दिन बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, रुरु जलविद्युतको ९ दशमलव ८९ प्रतिशतलेवृद्धि भएको छ।

रुरु जलविद्युतको शेयरमूल्य प्रतिकित्ता ८०० पुगेको छ। कम्पनीको शेयर कारोबारमा आएको दोस्रो सातासम्म लगातार सर्किट लेबलमा वृद्धि हुँदै आएको छ। यो समाचार तयार पार्दासम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग २ लाख ६० हजार भन्दा बढी छ भने विक्री माग शून्य रहेको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको हो। कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२ हजार १७८ रुपैयाँ पुगेको छ। कम्पनीको शेयर कारोबार सर्किट लेबलमा वृद्धि हुँदै आएको छ। यो समाचार तयार पार्दासम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग ९३८ छ भने विक्री माग ५ सय ५ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्